काठमाडौं । आज बिहान काठमाडौंको तापक्रम ३.६ डिग्री सेल्सियसमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहेको छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो १९ देखि २१ डिग्री सेल्सियस पुग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार काठमाडौंमा आज दिनभर मौसम सफा रहनेछ ।
आज दिउँसो प्रदेश–१ का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।


