काठमाडौं । अध्यागमन विभागको सर्भर डाउन हुँदा त्रिभुवन विमानस्थलबाट उडान र अवतरण अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यतिबेला त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने र अवतरण हुने जहाज दुवै रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बताएको छ। जहाज उडान अवरुद्ध हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रु विमानस्थलमै अलपत्र परेका छन्।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले फ्लाई दुबई, इन्डिगो एयर एयर इन्डियालगायत अन्तर्राष्ट्रिय उडान रोकिएको बताए। अध्यागमन विभागले सबै सरकारी वेबसाइटमा समस्या आएको बताएको छ।


