काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशका केही स्थानमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै प्रदेश नम्बरका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहनेछ।


