काठमाडौं । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा – इन्स्टा बाइ लन्च गरेको छ । यो नयाँ सुविधाले ग्राहकहरूलाई
आफ्नो क्रेडिट कार्ड खरिदहरूलाई व्यवस्थित मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा प्रदान गर्नेछ ।
यो सुविधा प्रयोग गर्न, ग्राहकहरूले केवल बैंकको वेबसाइटमा लगइन गरि, प्रडक्ट एण्ड सर्भिसेस मा क्लिक गरी वैकल्पिक
डेलिभरी च्यानल अन्तर्गत इन्स्टा बाइ चयन गरी आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कुल महिनाको संख्या सहित
विवरणहरू भर्नुपर्ने हुन्छ । यो नयाँ फिचरले ग्राहकहरुलाई आफ्नो क्रेडिट कार्ड अनुभवमा अमूल्य सेवा थप्पिने विश्वास बैंकले लिएको छ ।
एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको
इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा
प्रदान गदै आइरहेको छ।


