काठमाडौं । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ।
बैठकमा मुख्यगरी राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे सत्ता साझेदार दलबीच कसरी एउटै धारणा बनाउन भन्ने विषयमा गहन छलफल हुने बताइएको छ ।
यसअघि शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो। जसमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जसपा उपस्थित भएनन्। आज पनि यी तीन वटै दल संयन्त्रको बैठकमा सहभागी भएका छैनन्।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन्।


