काठमाडौ । आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५.४६ विन्दुमा पुगेको छ।
आज १ अर्ब ७८ करोड बराबरको सेयर कारोबार भयो। २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयर १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३७२ रूपैयाँमा खरिदबिक्री भयो।
आज कुनै पनि कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रहयो। सो कम्पनीको ७ करोड ७५ लाख ६५ हजार ३७२ रूपैयाँको सेयर कारोबार भयो।
यस्तै नगदी ग्रुपको ७ करोड ७४ लाख र एनआईसी एसिया बैंको ६ करोड ९० लाख मूल्य बराबरको कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को सूचक घट्यो भने १ को मात्रै बढ्यो।


