काठमाडौं । आगलागीमा परी गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार सुरु भएको छ।
कांग्रेस नेता योग राज कँडेलका अनुसार उनलाई अहिले आईसीयुमा राखेर उपचार भइरहेको छ। चिकित्सकका अनुसार डा. भण्डारीको शुक्रबार दुईपटक सर्जरी गर्ने तयारी रहेको छ।
अस्पतालका डा. सुजिल केस्वानीले दिएको काउन्सिल अनुसार बिहान साढे १० बजे पहिलो सर्जरी र दिउँसो साढे १ बजे दोस्रो सर्जरी गर्ने तयारी छ।
चिकित्सका अनुसार हृदयको चाल नर्मल रहेको, एण्टीवायोटिक्स कन्टीन्यू गर्ने र आत्तिनु नपर्ने जानकारी प्राप्त भएको उनले बताएका छन्।


