काठमाडौं । स्वीट्जरल्यान्ड भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेब्रेयसससँग भेटवार्ता गरेका छन् ।
उक्त भेटघाटमा मन्त्री गिरी र गेब्रेयसबीच विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान, खोपबाट बचाउन मिल्ने रोगहरूको नियन्त्रण, रोकथाम र उन्मूलनमा खेलेको भूमिकालगायत विषयमा छलफल भएको छ ।
डा. गेब्रेयससले नेपालले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको भन्दै डब्ल्यूएचओले गरिरहेको सहयोगलाई निरन्तर दिने प्रतिबद्धता जनाएका मन्त्री गिरीको सचिवालयले जनाएको छ ।


