काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजबाट राजनीतिक दलको दल दर्ता सुरु गर्ने भएको छ। चितवन–२, बारा–२ र तनहुँ–१ मा बैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत ८ गतेदेखि १२ गतेसम्म दल दर्ता गर्ने समय तोकिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बदर गरेपछि चितवन–२ रिक्त हुन पुगेको थियो जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएसँगै उनले सांसद पदबाट पनि राजीनामा दिएपछि बारा–२ रिक्त हुन पुगेको थियो।
यसैगरी, तनहुँ–२ बाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त छ।


