काठमाडौं । मन्त्रालय भागवण्डा लागायतका विषयमा निर्णय गर्न सत्तारुढ गठबन्धनको बैठक आज ४ बजे बस्दैछ।
सोमबार शीर्ष तीन नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो। उक्त भेटले आज गठबन्धनको बैठक बोलाउने निर्णय गरेको थियो।
१० दलको बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। त्यसअघि गठबन्धनसम्बद्ध दलहरूको आन्तरिक बैठक बस्नेछ।
सरकारमा पठाउने मन्त्री र उपनिर्वाचनमा उठाउने उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसले बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।


