काठमाडौं । आज सुनको मूल्यमा कमी आएको छ । आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य घटेको हो।
योसँगै आज छापावाल सुन १ लाख ८ हजार ६ सय र तेजाबी सुन १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। शुक्रबार १४ सय तोलामा कारोबार भएको चाँदी आइतबार १ हजार ४ सय १० रुपैयाँ पुगेको हो।


