काठमाडौं । बिरामी भएर अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् । राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पताल पुगेका हुन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राष्ट्रपति पौडेललाई आज बिहान भेटेर प्रधानमन्त्री प्रचण्डले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ । पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल शनिबार अस्पताल भर्ना भएका थिए ।


