काठमाडौं । नेपाल कुरियर सेवा संघका अध्यक्ष देवेन्द्र खड्काले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको कार्यकारिणी सदस्यमा उम्मेदवारी दिएका छन् । उनले उमेशलाल प्रधान प्यानलबाट उम्मेदवारी दिएका हुन् । उनले आफू लामो समयदेखि ब्यावसायमा संलग्न रहेकाले उद्योगी ब्यवसायीको समस्याबारे जानकार भएको उल्लेख गर्दै आफ्ना प्रतिवद्धतापत्र पनि सार्वजनिक गरेका छन् ।
उनको प्रतिवद्धतापत्रमा वस्तुगत संघले भोग्दै आएको समस्याहरुको पहिचान गरी समाधानमा केन्द्रित रहने, खस्कँदै गएको नेपाली अर्थतन्त्रबाट मारमा परेका ब्यवसायीको हितमा काम गर्ने, सरकारी निकायसँग समन्वय गरेर समस्या निराकरण गर्ने, नेपाल उद्योग वाणिज्य महासंघलाई सबैको साझा बनाउँदै सचिवालयलाई ब्यबस्थित बनाउने कुरा समेटेका छन् ।
सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय खड्काले ठमेलमा कार्गो ब्यवसाय गर्दै आएका छन् ।


