काठमाडौं । हिजो झण्डै सय अंकले बढेको शेयर बजार बिहीबार २९ अंकले ओरालो लागेको छ । योसँगै सूचक १९३४ को बिन्दुमा उक्लिएको छ ।
आज नेप्से सुचकमा २८ कम्पनीमा वृद्धि भएको छ । १८६ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ८ करोड ४२ लाख रुपैयाँको कारोबार गरेको छ ।
यसैगरी हिमालय डिस्टिलरी ६ करोड र एनआसि एशिया कम्पनीले ५ करोडरुपैयाँ भन्दा बढिको कारोबार भएको हो । बिहीबार सबै उपसूचक कम्पनीहरू राताम्मै भएको छ । घटेको कम्पनीहरू मध्ये सबैभन्दा धेरै विकास बैंक र निर्माण तथा प्रसोधनको २ प्रतिशतले ओरालो लागेको छ ।
बिहीबारको आदर्श लघुवित्त वित्तीय संस्था सिद्धार्थ, कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनीको १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन्।


