काठमाडौं । नेकपा (माओवादी केन्द्र) का युवा नेता श्रीधर खनालले सर्वहारा वर्गको अवस्थामा सुधार आउन नसकेकोप्रति चिन्ता ब्यक्त गरेका छन् । नेता खनालले सामाजिक संजाल फेसबुकमार्फत यस्तो चिन्ता ब्यक्त गरेका हुन् ।
नेता खनालले आफूलाई सच्चा सर्वहारा भन्ने नै चिल्ला गाडी र निजी सम्पत्ति कमाउन उद्दत रहेको उल्लेख गरेका छन् । उनले सर्वहारावर्गको नाममा ब्रमलुट गर्ने नेताहरुको बारेमा जनताले राम्रोसँग हेक्का राखेको समेत लेखेका छनु ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा हिजो चप्पल लगाउनसमेत धौ धौ रहेका कम्युनिष्टका नेताहरु नै आज चिल्ला गाडी, ठूला ठूला घर, घडेरी जोडेर छाँटसँग हिँडेको देख्दा आफूलाई कम्युनिष्ट भन्न पनि लाज लागि सक्यो भन्दै तिक्तता ब्यक्त गरेका छन् । उनले नेताहरुको यस्तै कार्यशैली र ब्यबहारका कारण नै रवि लामिछाने जस्ता नेताका रुपमा उदाएको उल्लेख गरेका छन् ।



