काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । मंगलबार एकसय भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
बुधबार एक अमेरिकी डलरको खरिद दर १३१.१० रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.७० रुपैयाँ रहेको छ भने एक युरोको खरिद दर १४३।२७ रुपैयाँ रहेको छ । बिक्री दर भने १४३।९२ रुपैयाँ रहेको छ ।
यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९५ रुपैयाँ रहँदा बिक्री दर ३५.११ रुपैयाँ रहेको छ ।
आज मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहँदा बिक्री दर २८.३८ रुपैयाँ रहेको छ ।


