काठमाडौं। अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि आकर्षक गन्तव्य भएको बताएका छन् ।
मन्त्री पुनले आइतबार तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले आफूहरुको आह्वानमा लगानीको अवसर र सम्भावना खोज्न आएकामा सम्मेलनका पाहुनाप्रति आभार व्यक्त गरे ।
सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधारहरुबारे जानकारी गराउनु तथा लगानीका लागि तयार भएका परियोजनाहरू सहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको उनको भनाइ थियो ।


