काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरूलाई आगामी बजेट इतिहासले सम्झिने गरी बनाउन कडा निर्देशन दिएका छन् ।
उनले आगामी आर्थिक वर्षको बजेट देशकै मुहार फेर्ने र इतिहासले सम्झिने गरी आउनुपर्ने बताएका छन् ।
ूआगामी बजेटमा देशकै मुहार फेर्ने र इतिहासले सम्झिने गरी क्रमभंगता जरुरी छ । हरेक मन्त्रालयले उत्पादन बृद्धि र रोजगारीमा केन्द्रित रहेर बजेट बनाउनोस् । राष्ट्रिय ढुकुटी अनावश्यक रूपमा खर्च हुने तर लाभको सुनिश्चितता भने हुँदै नभएका वा अत्यन्त थोरै भएका आयोजनामा खर्च प्रस्ताव नै नगर्नुस्,ू उनले निर्देशन दिँदै भने ।


