काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आजबाट ‘ग्रास रुट’ अभियान सुरु गर्ने भएको छ ।
एमालेको गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ५ फागुनमा सात प्रदेश र विदेश प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरे पछि सो अभियान सुरु हुनेछ ।
एमालेकाअनुसार बैठकले अभियानको उद्देश्य, कार्य योजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन् । जसअनुसार एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ ।


