काठमाडौं । सरकारले आजबाट सातामा दुई दिन बिदा कार्यान्वयन गरेको छ । अब आइतबार र शनिबार सार्वजनिक बिदा हुनेछ ।
इन्धनको खपत अत्यधिक मात्रामा बढेपछि यसलाई कम गरी वैदेशिक मुद्राको सञ्चिति बढाउने उद्देश्यले परीक्षणका रूपमा आइतबारसमेत सार्वजनिक बिदा थप गरिएको हो । देशव्यापी रूपमा सातामा दुई दिन सार्वजनिक बिदा दिइएको यो पहिलोपटक हो ।
गत १३ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले १ जेठदेखि लागू हुने गरी सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयबमोजिम २६ गते राजपत्रमा प्रकाशित भएपछि सार्वजनिक बिदासम्बन्धी व्यवस्थाले औपचारिकता पाएको थियो ।