काठमाडौं । विवाहपञ्चमी महोत्सवको अवसरमा आज मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले प्रेस विज्ञप्ति जारी गर्दै आइतबार सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । विवाहपञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन् ।
मुख्यमन्त्री यादवले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरूलाई शुभकामना व्यक्त गरेका छन्। त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ।