काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको समर्थनमा जिल्ला अदालत काठमाडौंबाहिर प्रदर्शन गरिएको छ ।
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्धा मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेपछि उनको पक्षमा प्रदर्शन भएको हो ।
सोमबार चलाउने आफै अदालत पुगेका थिए । प्रहरीले उनलाई केही समय नियन्त्रणमा समेत लिएको थियो । अहिले चलाउनेपनि जिल्ला अदालत परिसर पुगेका छन् । उनी वैशाखी टेक्दै त्यहाँ पुगेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले मुद्दा फिर्ता लिने निर्णय फिर्ता गर, प्रेम चलाउनेलाई न्याय दे, विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौँ, लगायतका प्लेकार्ड बोकेका छन् ।


