काठमाडौं । जिल्ला अदालत काठमाडौंले उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद हुने फैसला गरेको छ ।
विहीबार जिल्ला न्यायाधीश विनोद खतिवडाको इजलासले यस्तो फैसला गरेको हो । अदालतले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई दोषी ठहर गरेको हो ।
उनीहरुबाट पीडितलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत गरेको छ । आरोपित दीपक ओझाले भने सफाइ पाएका छन् ।


