काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेल नेतृत्वमा एक प्रतिनिधिमण्डल आज बिहान चीन प्रस्थान गरेका छन् ।
पौडेल नेतृत्वको टोलीमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल सहभागी छन् ।
उपाध्यक्ष पौडेल नेत्रित्वको प्रतिनिधिमण्डलले चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनीहरू यही चैत १४ गते मात्रै नेपाल फर्किनेछन् । चाइजिन विदेशमन्त्री नेपाल आउन लागेको परिप्रेक्ष्यमा नेकपा एमालेका वरिष्ठ नेताहरु चीन भ्रमणमा जानुलाई निकै महत्वका साथ हेरिएको छ ।