काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
यस्तै दिउँसो कोशीलगायतका प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । जसका कारण पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। यस्तै अपरान्हपछि पश्चिम तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


