काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रका लागि लडेका शक्तिहरुबाटै गणतन्त्र खतरामा परेको बताएका छन्।
संघीय सांसद समेत रहेका केसीले सोमबार नेपाली कांग्रेसले मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा हाफ्नो धारणा ब्यक्त गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘लोकतन्त्र र गणतन्त्रबारे हामी बसेर गम्भीर बहस गर्नुपर्छ। कसको कहाँनेर कमजोरीले लोकतन्त्रमाथि कालो बादल मडारिरहेको छ’ केसीले भने, ‘हाम्रै कारणले जनतामा सिस्टमप्रति जुन वितृस्णा आएको छ, त्यो वितृस्णालाई भजाएर लोकतन्त्रको औचित्य छैन, गणतन्त्रको औचित्य छैन भन्ने बढिरहेको छ।’