काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मुक्तिराम श्रेष्ठलाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन् ।
स्वास्थ्यमन्त्री बस्नेतले डा। श्रेष्ठलाई डेढ महिनाअघि मात्रै बोर्डको सदस्यमा नियुक्त गरेका थिए ।
डा. श्रेष्ठ नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत हुन् ।