काठमाडौं । कामचलाउ अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव दीर्घराज मैनालीाई नियुक्त गरेका छन् ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख रहेका मैनालीलाई उनले मन्त्रीस्तरीय निर्णय गरी विभागको महानिर्देशकमा नियुक्त गरेका हुन् ।
उनी केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राजस्व अनुसन्धान विभागको महानिर्देशक थिए ।
पछल्लो समय राजस्व लक्ष्यअनुसार नउठेको भन्दै अहिलेका महानिर्देशक रितेश शाक्यप्रति मन्त्री शर्मा असन्तुष्ट थिए ।


