काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणको रिक्त रहेको कानून सदस्यमा कृष्णप्रसाद पोख्रेल नियुक्त भएका छन् । उनलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको संचार मन्त्रालय निकट स्रोतले जानकारी दिएको छ।
बोर्ड सदस्य बन्न पोख्रेलसहित प्रविण सुवेदी, संकल्प क्षेत्री, हेमकुमार श्रेष्ठ, मन्जुल गौतम ९नेपाल० र सुभास लामिछानेको आवेदन मन्त्रालयले स्वीकृत गरेको थियो।
स्वीकृत नाममध्ये मन्त्रालयले पोख्रेल, सुवेदी र लामिछानेको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो। पोखरेल माओवादी निकट मानिन्छन् ।


