काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ ।
नागरिक उन्मुक्ति पार्टीसँग ७ सांसद रहेका छन् । उनीहरुले लिखित सम्झौता नभएसम्म विश्वासको मत नदिने बताउँदै आएका थिए । नागरिक उन्मुक्ति, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रामेश्वर चौधरीले शाहलाई विश्वासको मत दिने बताएका छन्।
‘हामी विश्वासको मत दिन्छौँ,’ चौधरीले भने, ‘सबै जना ९प्रदेश सभा सदस्य० धनगढीमै छौँ। म मात्रै काठमाडौं थिएँ। विश्वासको मत दिने भएपछि म पनि धनगढी फर्किएको छु। अहिले पनि हामी छलफलमा बसेका छौँ।’
यसअघि नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले सम्झौता बिना मत नदिने बताउदैँ आएकी थिइन्।


