काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।
शनिबारदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक तथा महासचिव वेदुराम भुसालले सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।
दुवै प्रतिवेदनमाथि १०वटा समूह बनाएर छलफल भइरहेको छ । आज बैठकमा समूहका निष्कर्ष प्रस्तुत गरिने बताइएको छ । बैठक आज सकिँदै छ । अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राखेका थिए ।


