काडठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्ने दावी गरेका छन् ।
उनले इलामको फिक्कलमा पत्रकारहरुसंग कुराकानीका क्रममा कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को भन्ने बारेमा शर्माले विधिवत छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने बताए।
‘अहिले मैले फलानो फलानो भनेर नाम भन्नु उचित हुँदैन्। एक सय एक योग्य नेतृत्व हामीसंग उपलब्ध छ अनुभवी नेतृत्व छ। जसले संविधानको रक्षाको लागि शितल निवासमा बसेर राष्ट्रपति निवासमा बसेर बढो शितल ढंगले सोचेर राजनीतिक आग्रह पुर्वाग्रह भन्दा माथि उठेर संविधानको संरक्षण गर्ने हामीसंग एक दर्जन नेताहरु उम्मेदवारको रुपमा हुनुहुन्छ। त्यसले गर्दा म काठमाडौ फर्किएपछि बैठक बस्छौ। र, सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छौ।’


