काठमाडौं । आज भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका छन्।
उनी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । । सोमबार र मंगलबार उनले प्रधानमन्त्रीदेखि राजनीतिक दलका शिर्ष नेतालाई भेटने कार्यक्रम तय भएको छ।
सोमबार बिहान १०ः३० मा काठमाडौं उत्रने भारतीय विदेश सचिव क्ववात्राले नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन।
सो छलफलपछि पराराष्ट सचिव पौडेलले उनको सम्मानमा आयोजित ‘लञ्च’ कार्यक्रममा सहभागी हुनेछन्। पराराष्ट सचिवले दिएको लन्च पछि भारतीय विदेश सचिवले परराष्ट्र मन्त्री बिमला राईसँग द्वि–पक्षिय भेटघाट गर्नेछन्।


