काठमाडौं । अदालतबाट ज्यान मुद्दामा सफाइ पाएका एमाले सांसद लक्ष्मी महतो कोइरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनी आज बिहान ओली निवास बालकोट गएर भेटघाट गरेका हुन् ।
कोइरीमाथि मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेपछि त्यसको मुद्दा चलेकै समयमा महोत्तरी–१ बाट उनी नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए। निर्वाचित भएर सांसदको शपथ लिए पनि पछि सदनमा प्रश्न उठेपछि उनको सांसद पद निलम्बन भएको थियो।
मंसिर २८ गते सर्वोच्चले उनलाई ज्यान मुद्दामा सफाइ दिएसँगै संसद् सचिवालयले उनको निलम्बन फुकुवासमेत गरिसकेको छ।