काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित मुलुकहरू (एलडीसीज)को पाँचौँ सम्मेलनमा सहभागी हुन दोहा नजाने भएका छन् ।
मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर्भमा दलहरूबीच विभिन्न छलफल गर्नुपर्नेलगायत व्यस्तताका कारण दोहा भ्रमण रद्द भएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भई यही फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको थियो।


