काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति लामो समयसम्म मौन बसेको नेकपा (माओवादी केन्द्र) आज विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ। केही दिनअघि मोदीले नेपाली भूमि लिपुलेकमा सडक विस्तार गर्ने घोषणा गरेका थिए।
‘हालसालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने घोषणा गरेकोमा हाम्रो घोर आपत्ति रहेको छ‘, माओवादीका अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायण काजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी भारतीय पक्षलाई सबैको सार्वभौमिक समानताको सम्मान गर्ने पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवं अतिक्रमण नगर्न जोडदार माग गर्दछौं।‘
शाक्तिको बलमा गरिएको भारतको निन्दनीय कार्य र यस सम्बन्धमा नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएकोमा दुःखी भएको श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भिएको छ। ‘नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणविरुद्ध कडा विरोध जनाओस् र यो अनुचित र अन्यायपूर्ण निर्माणकार्य बन्द गराउन शिघ्रातिशिघ्र कूटनीतिक पहर्ल गरोस्‘ विज्ञप्तिमा भनिएको छ।