काठमाडौं । सत्तारुढ गठबन्धनबीच मन्त्रालय भागबण्डाको सहमति हेरफेर भएको छ ।
प्रभावशाली मन्त्रालय नपाएकोमा असन्तुष्ट नेकपा एकीकृत समाजवादी (एस) पार्टीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिइने भएको छ ।
यसअघि स्वास्थ्य मन्त्रालय कांग्रेसले आफूसँग राखेको थियो । (एस)को भागमा परेको कानून मन्त्रालय कांग्रेसले लिने भएको छ ।
नेकपा एसले स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र शहरी विकास मन्त्रालय लिने सहमति भएको एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बिहीवार बालुवाटारमा भएको गठबन्धनको बैठकमा एसका अध्यक्ष माधवकुमार नेपालले प्रभावशाली मन्त्रालय नपाएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।