काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले यसबारेमा जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको बताए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले पनि मुस्ताङको धौलागिरी हिमश्रृङ्खलाको तल्लो भागमा विभान भेटिएको सूचना पाएको बताउँदै । विमान भेटिएको खबरपछि आफूहरु त्यतातर्फ जान लागेको जानकारी दिए।
उनले भने, ‘हामी कन्फम गर्दैछौं। संभवत अपेक्षा गरौं, भेटिएको जस्तो छ,’ ‘धौलागिरी हिमश्रृङ्खलाको तल्लो भागमा भेटिएको भन्ने छ। हामी त्यहाँ पुग्दैछौं।’ यसबारे थप विवरण आउन बाँकी छ। हिजो दिनभर खोजी गरिएपनि प्रतिकूल मौसमका कारण दुर्घटनास्थल पत्ता लगाउन नसकेपछि आज बिहान ५ बजेबाट नै सेना र प्रहरीको टोली खोजीकार्यमा संलग्न भएको थियो।