काठमाडौं । राप्रपा नेपालले आगामी चैत १ गते काठमाडौंमा गर्ने बृहत् जनप्रदर्शन गर्ने भएको छ ।
चैत १ गतेको जनप्रदर्शनलाई प्रभाबकारी बनाउनको निमित्त उपत्यकाको २९ स्थानमा कोणसभाहरु गरिने निर्णय भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।
बैठकले राजिब पराजुली , केशबराज श्रेष्ठ र दमन बस्नेत रहेकोे आर्थिक समिति गठन गरिएको छ । यसैगरी पुरु दाहाल, विकास प्रजापती र कुमार गजुरेल रहेको सामाजिक संजाल परिचालन समिति गठन गरेको छ ।
राप्रपा नेपालले भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दुराष्ट्र र राजासंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न, भ्रष्टहरुलाई कानुनको कठघरामा उभ्याउन, मिटरव्याज,लघुवित्त र सहकारी पिडितको समस्या समाधान गर्न जनआन्दोलनको तयारी गर्ने राप्रपा नेपालले निर्णय गरेको थियो ।


