काठमाडौं । रुकुमपश्चिम जिल्लाको सानीभरी गाउँपालिका–१ मा नेकपा (माओवादी केन्द्र) को प्यानल नै विजयी भएको छ ।
सार्वजनिक मत परिणाम अनुसार वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का टेकबहादुर पुन विजयी भएका हुन् ।
उनले ५६१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खले पुनले २८१ मत प्राप्त गरे ।
सदस्यमा कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार विजयी बनेका छन् । विजयी टेकबहादुरले प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतान्तरले विजयी भएका हुन् ।