काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो दल सरकारमा सहभागी हुने विषयमा छलफल भइरहेको खुलासा गरेका छन्।
मंगलबार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागिताका लागि आग्रह गरेको र सोही विषयमा छलफल भइरहेको बताएका हुन्।
सरकारमा सहभागिताका लागि आफूहरुले नागरिकता समस्याको समाधान र मधेश आन्दोलनका क्रममा आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्ने विषयलाई प्राथमिकतामा राखेको बताए।