तातोपानी । भोटेकोशी गाउँपालिका वडा नं.२ का वडाध्यक्ष कुमार श्रेष्ठको पहलमा निर्माण गरिएको २ वटा भवन कोदारी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ । शनिबार एक कार्यक्रमका बीच उक्त भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो । उक्त भवन यसै गापाका शिक्षाप्रेमी सोनाम वाङदी भुटियाको सहयोगमा निर्माण गरिएको
हो । उक्त दुई वटा भवनमध्ये दुई कोठाको एक भवनमा भान्छा कोठा र डाईनिङ्ग हल रहने छन् भने अर्को भवनमा दुई वटा कक्षा कोठा रहने छन्।
भवनका लागि चाहिने सम्पूर्ण फर्निचरको ब्यवस्था पनि यस विद्यालयकै पूर्व विधार्थीहरुले गरेका हुन् । यसरी सहयोग गर्ने विद्यार्थीहरुमा अशोक तामाङ, थोप्तेन लामा, पेमा लामा, फूर्पा तामाङ, दावा शेर्पा, दावा डुण्डुप शेर्पा, गणेश खड्का, तेञ्जिङ शेर्पा, नवाङ शेर्पा, पाल्देन शेर्पा, फुर्पा (बाबु) लामा, राजु मगर र पेम्बा शेर्पा रहेका छन् ।
वडा अध्यक्ष श्रेष्ठ सामाजिक कामका लागि सबैसामु परिचित रहेका छन् । यसैगरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि Kiwanis Club of Kathmandu Heritage (Kiwanis International, District K69 Nepal) ले ट्रयाकसुट, टोपी लगायत खेलकुदका सामग्रीहरु सहयोग गरेको छ ।