काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले संसदीय समितिलाई अवज्ञा गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुृपर्ने धारणा ब्यक्त गरेका छन् ।
फागुन २० गतेबाट पदावधि सकिन लागेका उनले आजको राष्ट्रियसभा बैठकमा बोल्दै यस्तो तर्क गरेका हुन् ।
‘संसद र समितिलाई अवज्ञा गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्ने विधि बसाल्नुपर्यो। तर, यसका लागि ुफ्याक्ट एन्ड फिगरु रिसर्च हुनुपर्छ,’उनले भने,‘ मन्त्रीले अवज्ञा गर्यो भनेर भन्ने होइन । ‘फ्याक्ट एण्ड फिगर ’ रिसर्च बेस हुनुपर्यो । रिसर्चको युनियन छ। यसलाई बलियो बनाउनुपर्छ भन्ने मेरो सुझाव छ।


