काठमाडौं । आज (मंगलबार) सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बस्दैछ । आसन्न राष्ट्रियसभा तथा स्थानीय तहको निर्वाचन मुख्य एजेण्डा रहेको बैठक बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने लागेको हो ।
राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा छलफल हुनेछ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि शंसय बढेको छ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप लगाएको छ ।
कोरोनामुक्त भएलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक भेटघाट सुरु गरिसकेका छन् । उनले सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले दुई शीर्ष नेताबीच देशको समसामयिक विषयमा छलफल भएको जानकारी दिए । नेकपा एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ भने एमसीसी परियोजना संसदबाट पास गर्ने विषयमा पनि सत्तारुढ दलहरुबीचमा नै मतऐक्यता छैन । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा जसरी पनि पास गर्ने अडानमा छन् भने अरु दल संसोधन गरेर मात्रै पास गर्नुपर्ने आफ्नो पूर्ववत् अडानमा यथावत छ ।