काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा रिक्त रहेको तीन सदस्यमा नियुक्त गरेको छ। सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा. डा. आरपी विछा र प्रभु बुढाथोकीलाई आयोग सदस्यमा नियुक्त गरेको हो।
नवनियुक्त डा. रमेशचन्द्र पौडेल त्रिविको अर्थशास्त्र विभागका सहप्राध्यापक हुन्। उनले अष्ट्रेलिया नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। आरपी विछा भने लामो समयदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील छन्।
पौडेल र विछाले शुक्रबार शपथ ग्रहण गरिसकेका छन्। बुढाथोकी भने काठमाडौं बाहिर रहेकाले शपथ ग्रहण हुन बाँकी छ।


