काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो दलले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।
अध्यक्ष यादवले बिहीबार वीरगन्जमा आयोजित पार्टीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका हुन्।
प्रतिनिधिसभामा १२ सिट भएपनि राष्ट्रय राजनीतिमा जसपाको भूमिका महत्वपूर्ण रहेको भन्ने नबिर्सिन उनले सत्तारुढ दललाई सेचत पनि गराए।


