काठमाडौं । आज भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ ।
मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले समिति बनाउने बारे बताएका हुन् । मनाङ एयरको हेलिकोप्टर रुखमा ठोक्किएर दुर्घटना ६ जनाकै मृत्यु भएको थियो ।


