बाह्रबिसे । आगामी चैत्र १० गते हुने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अधिवेशनमा अध्यक्षका लागि ३ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि बुद्धराज बस्नेत, शम्भुबहादुर तिमल्सिना र सुमन खत्रीले उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरु तीनै जना नेपाली कांग्रेस निकट हुन् ।
वरिष्ठ उपाध्यक्षमा पनि ३ जनाकै उम्मेदवारी परेको छ । उनीहरुमा उमेश प्रधान, विदुरप्रसाद पराजुली र सूर्यबहादुर कार्की रहेका छन् । यसैगरी प्रथम उपाध्यक्षमा भने भेषबहादुर बस्नेत (राजेन्द्र) निर्विरोध चयन भएका छन् । द्धितीय उपाध्यक्षका लागि इन्द्रबहादुर राउत र राजेश श्रेष्ठको उम्मेदवारी परेको छ । यसैगरी तृतीय उपाध्यक्षमा बिचारी पराजुली निर्विरोध चुनिएका छन् । महासचिवमा पनि ईश्वर गुभाजूको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध चयन भएका छन् । यसैगरी सचिव पदका लागि तीर्थ पौडेल र मोहनभक्त श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उद्धव पौडेल सह कोषाध्यक्षमा निर्विरोध चयन भएका छन् ।
यसैगरी १५ जना कार्यसमिति सदस्यका लागि ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुमा अम्मर बहादुर श्रेष्ठ, अशोक कुमार श्रेष्ठ, ईश्वर खत्री उद्धव तिमल्सिना, उमेश श्रेष्ठ, कुमार थापा, गणेश नेपाल, घनश्याम तिवारी, चित्र कुमार चौलागाई, चङा शेर्पा, दलबहादुर रुम्बा हुन् । दावा ग्याल्जेन शेर्पा, दिनेश रोक्का, नवराज भट्टराई, प्रकाश पौडेल, भूपेन्द थापा, मणिक लाल श्रेष्ठ, राजकुमार बस्नेत, राजकुमार राई, रञ्जित पौडेल, रामकृष्ण बस्नेत विजय विदुर खड्का, विनोद बहादुर गुभाजू, सशवरामा दैगाल, शिवहरि श्रेष्ठ, सन्तोष ािपकोटा, सुरज तिमल्सिना, सुशान्त भट्टराई र हेमबादुर योञ्जनले पनि सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । २ जना महिला सदस्यमा कल्याणी घिसिङ र चमेली श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
अध्यक्षमा उम्मेदवारी दिएका तीनैजना नेपाली कांग्रेस निकट हुन् । शम्भु बहादुर तिमल्सिना नेपाली कांग्रेस बाह्रबिसे नगरपालिकाका ईकाई सभापति हुन् भने बुद्धराज बस्नेत र सुमन खत्री स्थानीय नेता हुन् ।


