काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको सुनकोशी गाउँपालिकाले स्थानीय तह निर्वाचन २०७९ का लागि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । प्रविद्धतापत्रमा विकृतिको भण्डाफोर सुशासन अभिवृद्धि र गाउँमै जनसेवा सुनकोशीमा सक्षम नेतृत्वपछि मात्रै हुनेछ समृद्धिलाई टेवा भन्ने उल्लेख गरिएको छ ।
सुशासन र समृद्धि समाजवादको आधार सुनकोशी गाउँपालिकामा वामपन्थीको सरकार भन्ने नारा समावेश भएको प्रतिवद्धतापत्रमा प्रायः सबै विषयलाई समेटिएको छ । सुरुमै १ नम्बरको (क) मा राजनीतिक संस्कार संस्कृति, (ख) मा सुशासन र पारदर्शिता, ग) मा संस्थागत विकास र सेवा प्रवाह जस्ता कुरालाई समावेश गरिएको छ । यसैगरी बुँदा नम्बर २ को (क) मा पूर्वाधार निर्माण छ भने (ख) मा मा स्वास्थ्य र सरसफाई, शिक्षालाई (ग) उपशीर्षकमा राखिएकाृ छ । यस्तै ३ नम्बर को क शीर्षकमा खानेपानी र सिंचाई लाई समाविष्ट गरिएको छ भने ख उपशीर्षकमा कृषि तथा पशुपालन र (ग) उपशीर्षक दिएर युवा तथा खेलकुद जस्ता विषयलाई उल्लेख गरेको छ । ४ नम्बरको (क) मा , पर्यटन पूर्वाधार र प्रवद्र्धनको कुरा राखिएको छ भने सामाजिक कार्यलाई (ख) उपशीर्षक अन्तर्गत राखेको छ । कला संस्कृति र सम्पदालाई पनि प्रतिवद्धतापत्रमा राखिएको छ ५ नम्बरमा स्थानीय स्रोतसाधन तथा राजस्व परिचालन, र स्रोत संकलन अभियान जस्ता विषयलाई प्रथिवद्धतापत्रमा समेटिएको छ ।
सर्सती हेर्दा सुनकोशी गाउँपालिकाले दिगो विकास र समृद्धिलाई बढी जोड दिएको देखिन्छ । यसका साथै स्थानीय सरकारले सम्पन्न गर्नुपर्ने विषयहरुलाई पनि प्राथमिकताका साथ प्रतिवद्धतामा समावेश गरेको छ । यस केन्द्र र जिल्लाको निर्देशन विपरीत यस गाउँपालिकामा नेकपा (एमाले) र नेकपा ( माओवादी केन्द्र) बीच चुनावी तालमेल भएको छ । गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट टपिन्द्र तिमल्सिना उम्मेदवार बनेका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रकी दुर्गा थापा रहेकी छिन् । अध्यक्षका उम्मेदवार तिमल्सिनाले आफूले राजनीतिलाई विशुद्ध सेवाको रुपमा लिएको उल्लेख गर्दै आफू निर्वाचित भएमा अध्यक्षले पाउने सेवा सुविधा नलिने घोषणा समेत गरिसकेका छन् । धेरैवटा व्यावसायमा संलग्न रहेका उनले पालिकालाई भ्रष्टचारमुक्त बनाउने उद्घोष गरिसकेका छन् ।
स्थानीय निर्वाचनको मिति नजिकिएसँगै सुनकोशी गाउँपालिकाम अन्य दल त्याग गरेर आफ्नो पार्टीमा आउनेहरुको संख्या दिनानुदिन उल्लेख्य मात्रामा बृद्धि भएकाले पनि आफ्नो जितलाई कसैले रोक्न नसक्ने उनले बताए । ‘म स्पष्ट कार्ययोजना लिएर पालिकालाई समृद्ध बनाउन अध्यक्षको उम्मेदवार भएको हुँ, म विजयी भएमा यहाँका जनतालाई कुनै पनि कुराको गुनासो गर्ने ठाउँ नै दिन्न’ उनले भने