काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीज मेलम्ची चोकमा आज बिहान टिपरको ठक्करबाट दुई स्कुले बालिकाको ज्यान गएको छ।
स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको बिहान ८ः३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो।
घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएकामा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ।सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।